नेपाल प्रेस युनियनको नवौँ महाधिवेशनलाई सम्बोधन गर्दै मन्त्री कार्कीले यस्तो दाबी गरे

हेटौँडा –

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाल चाँडै दक्षिण एसियामा बलियो अर्थतन्त्र भएको देशको रूपमा परिणत हुने उद्घोष गरे । उनी कांग्रेसका नेता पनि हुन ।

शुक्रवार हेटौँडामा नेपाल प्रेस युनियनको नवौँ महाधिवेशनलाई सम्बोधन गर्दै मन्त्री कार्कीले यस्तो दाबी गरेका हुन् । उनले नेपालको अर्थतन्त्रमा केही समस्या रहे पनि श्रीलङ्का पथमा नरहेको बताए। उनले भने, ‘अहिले देशमा हरेक चोक–चोकमा नेपाल श्रीलङ्काको बाटोतर्फ गइरहेको छ भनेर अफवाह फैलाइएको छ । नेपाल चाँडै नै दक्षिण एसियामा सबल अर्थतन्त्र भएको देशको रूपमा स्थापित हुनेछ ।

अब चाँडै सङ्घ र प्रदेशको चुनाव आउँदैछ, यसबाट हामीले १० वर्षमा नेपाललाई सबल अर्थतन्त्र भएको देशको रूपमा परिणत गर्ने गरेर जानुपर्छ ।’ कार्यक्रममा बोल्दै मन्त्री कार्कीले सरकार संविधानले परिकल्पना गरेको प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र नागरिकको हकको रक्षा गर्नका निमित्त प्रतिबद्ध रहेको दाबी गरे ।उनले सरकार दक्षिण एसियामा नै प्रेस स्वतन्त्रताको अग्रणी देशको रूपमा नेपाललाई स्थापित गर्न प्रतिबद्ध रहेको बताए ।

सञ्चारमन्त्री कार्कीले एमसीसी पास गरेपछि नेपालको अर्थतन्त्रमा सकारात्मक प्रभाव परिरहेको बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज