पर्वत समाजले ८० वर्षमाथिका वृद्धवृद्धालाई सम्मान गर्ने

काठमाडौं , १९ 

पर्वत समाजले पर्वतेली आमाबुबालाई सम्मान गर्ने भएको छ। समाजले असोज ६ गते घटस्थापनाको दिन पर्वतबासीबीच शुभकामना आदानप्रदान र आमा बुबा सम्मान गर्ने जनाएको छ।
समाजले पर्वतबाट काठमाडौँ आएर स्थायी तथा अस्थायी रूपमा बसेका ८० वर्ष वा सो भन्दामाथिका वृद्धवृद्धालाई सम्मान गर्ने भएको हो।

समाजले त्यस्ता वृद्धवृद्धाको नाम उपलब्ध गराइदिन परिवार र आफन्तमा सूचनामार्फत अनुरोध समेत गरेको छ।

पर्वत समाजले `अग्रजलाई सम्मान, अनुभवलाई मार्गदर्शन र युवा सक्रियता आजको आवश्यकता’ को मान्यतासहित अगाडि बढेकाले यो कार्यक्रम राखिएको अध्यक्ष गणेश शर्माले बताउनुभयो।
`हाम्रो कार्यसमितिमा पर्वतका सात पालिकाकै प्रतिनिधित्व छ, सबैले आफ्नो पालिकाको विवरण संकलन गरिरहनुभएको छ,´ उहाँले भन्नुभयो, `त्यस्तै २०८२ भदौ ३१ गतेसम्म गुगल फारम भरेर वा हाम्रो कार्यालयको नम्बर
(9765011222) मा फोन गरेर नाम टिपाइदिनुहुन अनुरोध गर्दै हामीले सूचना पनि जारी गरेका छौं। विवरण संकलन भएका सकै ८० वर्ष माथिका आमा-बुबालाई सम्मान गर्ने हो।´

त्यसैगरी समाजले सोही दिन पर्वतबासीबीच दशैं, तिहार, छठ लगायत चाडपर्वको शुभकामना आदानप्रदान तथा चियापान नि आयोजना गर्ने महासचिव टीका कार्कीले जानकारी दिनुभयो।
`हामीले सम्मान, शुभकामना आदानप्रदान, चियापान, पर्वत समाजको वेवसाइट सार्वजनिक, हाम्रा सदस्यहरूलाई प्रमाणपत्र वितरण कार्यक्रम पनि सोही दिन राखेका छौं,´ महासचिव कार्कीले भन्नुभयो।
कार्यक्रम हुने स्थान र समय पछि तय गरिने उहाँले जानकारी दिनुभयो।

सम्बन्धित समाचार

ताजा न्यूज