पर्वत कारागारबाट फरार ८ जना कैदीबन्दीलाई देखेमा :खबर गर्न प्रहरिको आग्रह

 

पर्वत, असोज १२ ।

पर्वत जिल्ला कारागारबाट भदौ २४ गते राति फरार भएका ८ जना कैदीबन्दी अझै पक्राउ परेका छैनन्। उनीहरुलाई पक्रेर पुनः कारागार फर्काउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय पर्वतले असोज १२ गते सूचना जारी गरेको छ।

सूचनामा फरार कैदीबन्दीबारे देखे–भेटे तत्काल प्रहरी वा प्रशासनलाई जानकारी गराउन आग्रह गरिएको छ। फरार हुनेहरुमा जवरजस्ती करणी, सहकार्य (ठगी), करणी मुद्दा र अन्य अपराधमा सजाय पाएका रहेका छन्।

फरार हुनेहरुको विवरण:

१) टेक बहादुर छन्त्याल – जवरजस्ती करणी (कैदी)

२) दिपक सारु (बेम सारु) – करणी प्रयास (कैदी)

३) सरस्वती बिके – जवरजस्ती करणी (थुनुवा)

४) अजय थापा – सहकारी (थुनुवा)

५) बिष्णु तिवारी – सहकारी (थुनुवा)

६) राजु शर्मा – सहकारी (थुनुवा)

७) दिपक बिके – जवरजस्ती करणी (कैदी)

८) सानु बिके – जवरजस्ती करणी (थुनुवा)

जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र जिल्ला कारागार कार्यालय पर्वतले नागरिकलाई उनीहरुको खोजीमा सहयोग गर्न अनुरोध गर्दै आवश्यक जानकारी प्राप्त भए तलका फोन नम्बर वा इमेलमार्फत सम्पर्क गर्न आग्रह गरेका छन्।

सम्बन्धित समाचार

ताजा न्यूज