पर्वत, असोज १८।
जल तथा मौसम विज्ञान विभागले असोज १७ देखि २० गतेसम्म देशभर भारी वर्षा हुने पूर्वानुमान गरेपछि पर्वत जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
कार्यालयले बाढी, पहिरो तथा भूक्षयको जोखिम रहने भएकाले अत्यावश्यक बाहेक यात्रा नगर्न, विशेष गरी राति यात्रा नगर्न र जोखिमपूर्ण स्थानमा नजान आग्रह गरेको छ। साथै आवश्यक औषधि, खाद्यसामग्री, लत्ताकपडा सुरक्षित राख्न, सडक यातायात प्रयोग गर्दा सावधानी अपनाउन र आपतकालीन अवस्थामा प्रहरी तथा सम्बन्धित निकायलाई तत्काल जानकारी दिन अनुरोध गरिएको छ।