पर्वत, १९ असार
शैक्षिक श्रोतहरुको बिस्तार ( LEARN ) को नगरपालिका परियोजना सल्लाकार समितिको बैठक कुश्मा नगरपालिकामा सम्पन्न भएको छ । कुश्मा नगरपालिकाका नगर प्रमुख रामचन्द्र जोशीको बिशेष उपस्थितिमा बैठक सम्पन्न भएको हो ।
बैठकमा नगरप्रमुख जोशीले शैक्षिक गुणस्तर अभिबृद्धिमा सहयोग पुर्र्याउन यो संस्थाले खेलेको भुमिका र यसमा नगरपालिका पनि जोडिन पाउँदा खुुसि लागेको बताउनुभयो । योे संस्थाले नगरपालिकाका बिभिन्न स्कुलमा सहयोग गरेर पठनकार्यमा सहयोग गरेकोमा धन्यवाद ब्यक्त गर्दै आगामी दिनहरुमा थप कार्यक्रम गर्न नगरपालिका पनि साथमा रहेको बताउनुभयो । बैठकमा नगर उप- प्रमुख स्वस्थानी रिजाले आफ्नो भनाई राख्दै संस्थाले गर्ने कार्य यसको उद्धेश्यको बिषयमा प्रश्न गर्नुभएको थियो ।
केन्द्रले विश्व शिक्षाको सहयोगमा गण्डकी प्रदेशको स्याङ्जा, पर्वत र बागलुङ गरि अहिले सम्म ५१ वटा विद्यालयमा टिभी, ट्याब ,ई-बुक हरु आवश्यक विद्यालयमा सहयोग गरिसकेको छ । बिशेष गरि केन्द्रले अपाङ्ग, असाय बालबालिकाहरु लाई सहयोग गरेको स्वबलम्बन जीवन पद्धति केन्द्र पोखराका कार्यक्रम संयोजक प्रदिप रानाले जानाकारी दिनुभयो । केन्द्रले गर्ने कार्यक्रम र उद्धेश्यको बारेमा रानाले प्रष्ट पार्नुभएको थियो ।
केन्द्रले प्रत्येक जिल्लामा तालिमको आयोजना गरी विशेष कक्षा सञ्चालन गरेका विद्यालयका शिक्षकहरुलाई क्षमता अभिबृद्धि गर्ने र शैक्षिक गुणस्तरमा थप सहयोग पुर्याउन मद्धत पुग्ने कार्यक्रमहरु आयोजना गरिएको फिल्ड अधिकृत अस्मिता गुरुङले बताउनुभयो ।े पर्वतको कुश्मा नगरपालिकाका १६ विद्यालय र महाशिला गाउँपालिकाको १ गरी जम्मा १७ बिद्यालयमा केन्द्रले सहयोग गरेको रानाको भनाई छ । १देखी ३कक्षा सम्म पढ्ने बिद्यार्थीहरुलाई भाषिक र पठनपाठन कार्यमा सुधार गर्न केन्द्रले विभिन्न खालका तालिमको आयोजना गर्दै आएको छ ।
।