- काठमाण्डाै – इङ्ल्यान्डसँगको तीन खेलको टी–२० शृङ्खला दक्षिण अफ्रिकाले जितेको छ ।साउथह्याम्टनमा गएराति भएको तेस्रो तथा निर्णायक खेलमा इङ्ल्यान्डलाई ९० रनले हराउँदै दक्षिण अफ्रिकाले शृङ्खला २–१ ले जितेको हो ।ह्ह्ह्ग्ग्ब दक्षिण अफ्रिकाले दिएको १ सय ९२ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्ड १६ ओभर ४ बलमा १ सय १ रन जोड्दा अलआउट भयो ।इङ्ल्यान्डका लागि जोनी बेयस्ट्रोले २७ रन बनाए भने जासन रोयले १७, कप्तान जोस बटलर र क्रिस जोर्डनले १४/१४ रन बनाए । अरुले दोहोरो अङ्क जोड्न सकेनन् । दक्षिण अफ्रिकाका ताब्रेज साम्सीले ५ विकेट लिए भने केशव महाराज २ तथा एन्डिले फेलुकवायो, एडन, मार्क्रम र एन्रिच नोट्रेजले समान १/१ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको दरिक्षण अफ्रिकाले २० ओभरमा ५ विकेट गुमाएर १ सय ९१ रन बनाएको थियो ।
टी–२० शृङ्खलाको उपाधी दक्षिण अफ्रिकालाई
