भारतको चेन्नईमा रहेका नेपालीहरुको अभियानकर्मिलाई सफलताको शुभकामना

भारत,चेन्नई / चैत ११
भारतको चेन्नईमा रहेका नेपालीहरुले पृथ्वी र मानवता जोगाउ भन्ने मुल नाराका साथ विश्वयात्रामा रहेका अभियानकर्मिलाई एक कार्यक्रमका बिच सफलताको शुभकामना दिएका छन् ।

चेन्नईमा रहेको जन सम्पर्क समितीका सदस्यहरु द्वारा आइतबार अभियान्ताहरु सग सो अभियानको बारेमा बुझ्दै र आफ्ना जिज्ञासा राख्दै कार्यक्रम सम्पन्न भएको हो। चेन्नइको कस्थुरिबाइ स्ट्रीट किल्काटलाईमा भएको कार्यक्रममा जन सम्पर्क समितीका वरिष्ठ अध्यक्ष गंगाराम आचार्यले अभियानलाई आफुहरुको पुर्ण शुभकामना रहेको बताउनु भयो।

सरकारले गर्नु पर्ने कार्यलाई युवाको समुहले गरेको देख्दा यो आट साहासलाई सम्मान गर्दै आफुहरु हरेक परिस्थितिमा पनि अभियान सग सगै रहेको आचार्यले बताउनुभयो ।

कासिराम आचार्यले गौतम बुद्दको उदाहरण दिदै नेपाललाई एउटा सान्तिको भुमी बनाउन पर्छ भनेर त्यति ठुलो दरवार त्यागेर उनी परिवर्तनका लागि ध्यानमा निस्केका थिए त्यसरी नै हजुरहरु पनि ठुलो उद्देश्यका साथ नेपालबाट विश्व भरी सन्देश दिन निस्कनु भएको छ यसको लागि आर्थिक ,नैतिक भौतिक जुनसुकै सहयोग गर्न पनि आफुहरु तयार रहेको भनाई राख्दै शुभकामना ब्यक्त गर्नुभएको थियो।

ग्लोबल वार्मिङ लाई रोक्न आफुहरु यो अभियानको सुरुवात गरेको प्रमुख अभियान्ता नवीन पुनले बताउनुभयो। ठुलाठुला देशले कार्बन उत्सर्जन गरेका कारण नेपालले त्यस्को परिणाम भोग्न परेको तितो यथार्थको बिषयमा बोल्नुभएको थियो।यी विभिन्न बहानामा नेपालका वन जङ्गल , हावापानी, बन्यजन्तु र मानवलाई जोगाउन यो अभियान सफल बनाउन सबैले हातेमालो गर्नु आवश्यक रहेको बताउनुभयो।

सो कार्यक्रममा जन सम्पर्क समितिका पदाधिकारीहरु बिष्णु पौडेल , होमनाथ आचार्य ,राजु पौडेल ,घनश्याम पौडेल लगायतको उपस्थित साथै उहाँहरुले अभियानकर्मी लाई हौसला प्रदान गर्दै दोसल्ला ओडाएर अभिनन्दन गर्नुभएको थियो। त्यस्तै यो अभियानको कार्यक्रम सहजकर्ता किसान बिसिले भेटघाट कार्यक्रमको सहजीकरण गर्दै उद्देश्यको बारेमा जानकारी गराउनुभएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज