ह्याण्डबल संघको दोस्रो बार्षिक साधारणसभा सम्पन्न

 

कुश्मा , १० असोज 
जिल्ला ह्याण्डबल संघ पर्वतको दोस्रो साधारणसभा आज कुश्मामा सम्पन्न भएको छ । जिल्लामा ह्याण्डबल खेलको विकास, विस्तार तथा प्रवद्र्धनका लागि क्रियाशील ह्याण्डबल संघले आफ्नो साधारणसभाबाट सांगठनिक तथा आर्थिक प्रतिवेदन पारित गरेको छ भने आगामी वर्षका लागि कार्ययोजना पनि तय गरेको छ ।


ह्याण्डबल संघका अध्यक्ष राजेन्द्र पहाडीको अध्यक्षता तथा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष हर्कमान गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न साधारणसभामा संघका सचिव तथा ह्याण्डबल प्रशिक्षक समेत रहेका रमेश श्रेष्ठलाई नगद रु पाँचहजार र कदरपत्रले सम्मान गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि गुरुङले जिल्लाभित्र ह्याण्डबल खेलको विकासमा ह्याण्डबल संघले खेलेको भूमिकाको उच्च प्रशंसा गर्दै आगामी दिनमा आफूहरु पनि ह्याण्डबल खेलको विकास तथा विस्तारमा संघसँग साझेदारी गर्न इच्छुक रहेको जानकारी दिनुभयो ।
जिल्ला ह्याण्डबल संघको सक्रियतामा हालैमात्र पर्वत जिल्लाबाट पुरुष तथा महिला ह्याण्डबल टिमले गण्डकी प्रदेशस्तरीय ह्याण्डबल प्रतियोगितामा भाग लिन सफल भएको छ भने कुश्मा, फलेवास र मोदी पालिकामा पालिकास्तरीय ह्याण्डबल संघ गठन भै क्रियाशील रहेका छन् ।
साधारणसभामा अध्यक्ष राजेन्द्र पहाडीले अब जिल्ला ह्याण्डबल संघले विद्यालय तहबाट नै यस खेलको विकासमा ध्यानदिनुपर्ने आवश्यकता रहेको र यसका लागि दक्ष शिक्षक प्रशिक्षक तयार गर्दै अघि बढ्ने योजना रहेको कुरा बताउनुभयो । उहाँका अनुसार उपयुक्त खेलमैदान, पर्याप्त आर्थिक स्रोधसाधन तथा खेल प्रशिक्षकको अभावमा ह्याण्डबल खेललाई सोचेजती उचाईमा पुर्‍याउन कठिन भैरहेको जानकारी गराउँदै सबै सम्बन्धित निकायहरुले खेल क्षेत्रको विकासका लागि ध्यानदिनुपर्ने खाँचो रहेको कुरामा जोड दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज