मन्त्री सगैँ पुर्व राष्ट्रियसभा अध्यक्ष सहितको टोली नयाँ पदमार्गको खोजिमा

 

पर्वत,२०
गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्याल सगैँ पुर्व राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिना सहितको टोलीद्वारा कास्कीको नयाँपुल देखि पर्वतको मोहरेडाँडा बनठाँटी सम्मको नयाँ पदमार्गको खोज तथा अनुसन्धान कार्यक्रम सम्पन्न भएको छ ।
टेकिङ्ग एजेन्सीज् एशोसिएसन अफ नेपाल (टान) गण्डकीको आयोजना, उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेशको सहयोग, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको प्रबर्द्धन, अन्नपुर्ण संरक्षण क्षेत्र आयोजनाको सहकार्य तथा संबंधित स्थानीय सरकारको समन्वयमा गण्डकी प्रदेश सरकारका मन्त्री बस्याल र पुर्व राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना सहितको टोलिले उक्त कार्यक्रम सम्पन्न गरेका हुन् ।


पुर्व राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले यस क्षेत्रको विकासमा आफु निरन्तर लागेको बताउनुभयो । उहाँले नेपालका विभिन्न थरीका पदमार्गहरु मध्येको राम्रो पदमार्गको सुचीमा अंकित भएर गुगलमा सर्च गरेर पर्यटकले आफ्नो रोजाईमा पार्ने स्थिती आउने समेत तिमिल्सिनाले ठोकुवा गर्नुभयो ।
पर्बत जिल्लाको मोदी गाउँपालिका बडा नम्बर १,२,३ अन्तर्गत अन्नपुर्ण गाउँपालिका म्याग्दी र कास्कीलाई जोडि पर्यटकीय गन्तव्यहरु नयाँपुल–ताङले–भुमरकोट–फलाटे–डाँडाकमेरे–थामाकोडिल–माटे–जलजला–मोहरेडाँडा–ताप्राङ–बनठाँटी पदमार्गको यही मंसिर १७ बाट २० गतेसम्म ३ रात ४ दिनको खोज तथा अनुसन्धान गर्ने कार्यक्रम सम्पन्न भएको टानले जानाकारी दिएको छ ।


गण्डकीका मन्त्री बस्यालले आफुले पर्यटनको बिकासका लागि अहोरात्र खटेको बताउनुभएको छ । बस्यालले पर्वतको र समग्र गण्डकीको बिकासका लागि बिभिन्न खालका नयाँ पदमार्ग पर्यटकिय स्थलको खोजिमा लागेको समेत बताउनुभयो । नयाँपुल देखि मोदि गाउँपालिका १,२,३ मा पर्ने बिभिन्न मनोरम ठाउँहरुको दृश्यावलोकन गर्दै कोखेडाडाँ पुग्ने पदमार्गको बिकासका लागी आवश्यक पर्ने बजेट समेत मन्त्रालयबाट बिनियोजन गर्ने प्रतिबद्धता जनाउनुभयो ।
संस्थाका प्रथम उपाध्यक्ष श्री तिर्थराज सुबेदीको संयोजकत्वमा सम्पन्न गरिएको उक्त खोज तथा अनुसन्धान कार्यक्रममा मोदी गाँउपालिका वडा न.१ पर्वतका अध्यक्ष टेकबहादुर गुरुङ्ग,वडा न.२ का अध्यक्ष बेल बहादुर कार्की,वडा न.३ का अध्यक्ष देवेन्द्र बहादुर क्षेत्री,पर्बत–भुमरकोट–घोरेपानी पर्यटन बिकास समितीका अध्यक्ष मान बहादुर खड्का, मोदी गाउँपालिका,लेसपारका समाजसेवी एवंम् पर्यटन व्यबसायी टिका पुन, टान गण्डकीका अध्यक्ष कृष्ण प्रसाद आचार्य, सहसचिब भुपेन्द्र कुमार लामा,कोषाध्यक्ष दीपक प्रसाद सापकोटा तथा कार्यसमिति सदस्यद्धय अजय अधिकारी र भुपेन्द्र गौतम,पत्रकारहरु स्थानीय पर्यटन बिज्ञ,क्याम्पिङ्ग सहयोगीहरु लगाएत ५४ जनाको सहभागीता रहेको सो कार्यक्रमा रहेको थियो ।

दृश्यहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज