सरकारविरुद्ध पत्रकार महासंघ पर्वतको आन्दोलन, रास्वपा कार्यालयमा धर्ना

पर्वत ।

नेपाल पत्रकार महासंघ पर्वत शाखाले आफ्ना माग सम्बोधन गर्न सरकारलाई दबाब दिने उद्देश्यले सञ्चालन गरेको चरणबद्ध आन्दोलनलाई निरन्तरता दिएको छ। आन्दोलनअन्तर्गत आइतबार पर्वतका पत्रकारहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्वतको कार्यालयमा धर्ना दिएका छन्।

सरकारले पटक–पटक ध्यानाकर्षण गराउँदा पनि पत्रकार महासंघका माग सुनुवाइ नगरेपछि संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका कार्यालयमार्फत सरकारलाई दबाब दिने उद्देश्यले धर्ना कार्यक्रम आयोजना गरिएको हो ।

धर्ना कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य छविलाल तिवारी, जिल्ला अध्यक्ष लक्ष्मण सापकोटा लगायतले सम्बोधन गर्दै पत्रकारका जायज माग तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेका थिए ।

पत्रकार महासंघले आफ्ना मागप्रति सरकारलाई गम्भीर बनाउन चरणबद्ध आन्दोलनका कार्यक्रम अघि बढाएको जनाएको छ। पत्रकारहरूले माग सम्बोधन नभएसम्म दबाबमूलक कार्यक्रमलाई निरन्तरता दिने बताएका छन् ।

सम्बन्धित समाचार

ताजा न्यूज