पर्वत कुश्मा,२०

पर्वतमा यहि फागुुन १५ देखि सुरु भएको मगर महोत्सवमा २० गते आइतबार साझ एलिना चौहानले आफ्नो प्रस्तुति राख्ने भएकी छन् ।
आयोजकका अनुसार साझ ७ बजे पछि कलाकार चौहानलाई आफ्नो प्रस्तुतीका निम्ति स्टेज उपलब्ध गराउने सचेत न्युजलाइ जनाएको छ । चौहान पछिल्लो समय “कट्टा हान्दिन्छु” गित बाट थप चर्चाको शिखरमा पुगेकी छन् । सोहि गितका कारण पनि आयोजकले मौसमको कुनै पर्वाह नगरी दर्शकको उपस्थिति बाक्लो रहने आशा राखेको छ ।
मौसमको देखिएको फेरवदलका कारण केहि असहज हुने अनुमान गरिएको छ । आज बिहानै देखि देशका बिभिन्न जिल्लामा मध्यम बर्षा भैरहेको छ ।
