पर्वत,६
यहि फाल्गुनको १५ गते देखि कुस्मामा संचालन हुने तेस्रो मगर महोत्सवमा विभिन्न कलाकारहरुले आफ्नो प्रस्तुति दिन पर्वतको कुस्मा आउने भएका छन् । कुस्मा बजारको बडागाउँ खेलमैदानमा हुने सो महोत्सवमा राष्ट्रिय देखि स्थानीय कलाकारहरुले आफ्नो प्रस्तुति दिने भएका छन् ।
देश र प्रदेशमा समेत थुप्रै कार्यक्रममा आफ्नो प्रस्तुति दिएर दर्शकलाई झुमाएका कलाकारहरुले पर्वत र आसपासका धेरै दर्शकहरूलाई पनि साँङ्गितिक प्रस्तुति मार्फत झुमाउने अपेक्षा गरिएको छ।
आधुनिक ,पप , लोक दोहोरीका गायकगायिका साथै विभिन्न साँङ्गितिक ब्यान्डले सो महोत्सव अवधीभर आफ्नो प्रस्तुति दिने भएका हुन्। पालिका स्तरीय भलिबल प्रतियोगिता , रत्यौली , झाकी प्रदर्शनी ,ब्यापारमेला, रमाइलो मेला लगायत विभिन्न कार्यक्रम हुने आयोजकले जानकारी दिएको छ । कुनकुन कलाकार आउदै छन त हेर्नुस् कलाकारको नामलिस्ट ……
