२३ साउन, काठमाडौं । काभा वुमन्स नेसन्स लिग २०२४ को उपाधि भारतले जितेको छ ।
दशरथ रंगशाला कभर्ड हलमा भएको खेलमा नेपाल पुनः भारतसँग हार्दै उपाधिबाट वञ्चित भएको हो ।
भारतले नेपाललाई २५–२३, १४–२५, २५–२२, २१–२५ र १५–५ ले हराएको छ ।भारतले दोस्रो, चौथो र पाँचौं सेट जित्दै उपाधि हात पारेको हो ।
पहिलो सेटको सुरुवातमा अग्रता बनाएको नेपालले त्यो सुरुवाती अग्रता जोगाउन सकेन । ३–० को अग्रताबाट भारतले लगातार ४ अंक जोडेपछि नेपालका प्रशिक्षक जगदिश भट्टले पहिलो टाइमआउट लिए ।
