पर्वतमा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो, कांग्रेस दोस्रो

२४ पर्वत — प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. १ अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो स्थानमा आएको छ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार घण्टी चुनाव चिन्ह रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ३०,७३५ मत प्राप्त गर्दै स्पष्ट अग्रता हासिल गरेको हो। त्यसैगरी रुख चिन्ह रहेको नेपाली काँग्रेस ले १३,८७४ मत प्राप्त गर्दै दोस्रो स्थानमा रहेको छ भने सूर्य चिन्ह रहेको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) ले १३,३४० मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेको छ।

यस्तै पाँचकुने तारा चिन्ह रहेको नेपाली कम्युनिष्ट पार्टी ले ३,७८३ मत प्राप्त गरेको छ भने हलो चिन्ह रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी ले १,४७७ मत प्राप्त गरेको छ।

अन्य दलतर्फ ढल्केको छाता चिन्ह रहेको जनता समाजवादी पार्टी, नेपाल ले १८ मत, लाउड स्पिकर चिन्ह रहेको जनमत पार्टी ले ४९ मत, मादल चिन्ह रहेको नेपाल मजदुर किसान पार्टी ले २३ मत प्राप्त गरेका छन्।

त्यस्तै गिलास चिन्ह रहेको राष्ट्रिय जनमोर्चा ले ३३ मत, खुलेको एकल आँखा चिन्ह रहेको प्रगतिशील लोकतान्त्रिक पार्टी ले १२८ मत, दुई हात जोडेको नमस्कार चिन्ह रहेको नेपाल लोकतान्त्रिक पार्टी ले ५१ मत प्राप्त गरेका छन्।

यसैगरी कुखुराको भाले चिन्ह रहेको मंगोल नेशनल अर्गनाइजेशन ले २ मत, जग चिन्ह रहेको बहुजन शक्ति पार्टी ले ३ मत, पञ्जा छाप चिन्ह रहेको नेपाल सद्भावना पार्टी ले १२ मत र डोको चिन्ह रहेको नेपाल जनता संरक्षण पार्टी ले ८९ मत प्राप्त गरेका छन्।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार पर्वत जिल्लामा कुल १,२६,८८७ मतदाता रहेकोमा ६६,२८७ मत खसेको थियो। तीमध्ये ६४,६३३ मत सदर र १,६५४ मत बदर भएको जनाएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज