पर्वतको शंकरपोखरीमा मोटरसाइकल दुर्घटना : दुईको अवस्था गम्भीर

पर्वत-११ वैशाख २०८३, शुक्रबार — पर्वत जिल्लाको फलेवास नगरपालिका–३ शंकरपोखरीमा मोटरसाइकल दुर्घटना हुँदा एकै परिवारका तीन जना घाइते भएका छन्।

दुर्घटनामा २४ वर्षीय मिलन भुसाल, ३ वर्षीया अलिया भुसाल र २४ वर्षीया एलिना वैरागी घाइते भएका छन्।प्रदेश अस्पतालले जारी गरेको प्रेस विज्ञप्तिअनुसार  साँझ करिब ५ बजेर १५ मिनेट जाँदा उक्त दुर्घटना भएको हो।अस्पतालका अनुसार मिलन भुसालको टाउकोमा गम्भीर चोट लागेको छ र दाहिने जाँघको हड्डी भाँचिएको छ। त्यस्तै अलिया भुसालको पनि टाउकोमा गम्भीर चोट लागेको छ। दुवैको अवस्था गम्भीर रहेको जनाइएको छ।

यसैगरी एलिना वैरागीको दाहिने खुट्टामा गहिरो चोट लागेको छ भने उनको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ। घाइते तीनै जनालाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि मणिपाल शिक्षण अस्पताल, पोखरा पठाइएको छ।   दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज