विश्वकपको उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्दै, मेसीको अन्तिम सपना कि यमालको नयाँ इतिहास

३ साउन, काठमाडौं ।

फिफा विश्वकपको २३औं संस्करणको उपाधिका लागि सोमबार बिहान दुई पूर्वविश्वविजेता राष्ट्र अर्जेन्टिना र स्पेन आमनेसामने हुँदै छन् ।   विश्व फुटबलले नयाँ च्याम्पियन पाउने यस फाइनल खेलप्रति विश्वभरका समर्थकको चासो केन्द्रित भएको छ ।

यो फाइनल केवल दुई टोलीबीचको प्रतिस्पर्धा मात्र नभई विश्व फुटबलका चर्चित र प्रभावशाली खेलाडीहरूको रोमाञ्चक भिडन्तका रूपमा पनि हेरिएको छ ।

अर्जेन्टिनाका कप्तान लियोनल मेसी लगातार दोस्रो विश्वकप उपाधि जित्दै आफ्नो ऐतिहासिक खेल जीवनलाई सुखद अन्त्य गर्ने लक्ष्यमा छन् । सन् २०२२ को विश्वकप जिताएका मेसीका लागि यो सम्भावित अन्तिम विश्वकप फाइनल हुन सक्ने भएकाले उनको प्रदर्शन विशेष रूपमा हेरिनेछ ।

यता स्पेन युवा जोशका साथ मैदानमा उत्रिँदै छ । १८ वर्षीय प्रतिभाशाली विंगर लामिन यमाल र कप्तान रोड्री स्पेनका मुख्य  भरोसा मानिएका छन् । यी दुई खेलाडीको प्रदर्शनले उपाधिको छिनोफानो गर्न निर्णायक भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

अनुभव र युवा ऊर्जाबीचको यो प्रतिस्पर्धाले विश्व फुटबलका समर्थकलाई रोमाञ्चक फाइनलको अनुभूति गराउने विश्वास गरिएको छ। अर्जेन्टिनाले लगातार दोस्रो उपाधिको खोजी गरिरहँदा स्पेन भने फेरि एकपटक विश्व फुटबलको शिखरमा उक्लिने लक्ष्यका साथ मैदानमा उत्रिनेछ।

सम्बन्धित समाचार

ताजा न्यूज