पर्वत,६ श्रावण
चालु आर्थिक वर्ष २०८३ र८४ मा पर्वत जिल्लामा निर्धारण गरिएको धान खेती क्षेत्रफलमध्ये साउन पहिलो साता सम्ममा जम्मा ६० प्रतिशत धान रोपिएको छ , भने बाकीँ ४० प्रतिशत धान खेतीहुने जग्गा बाँभैm रहेको छ ।
गत वर्ष असारको अन्तिमसम्ममा रोपाँई हुने सवै जग्गामा रोपाई सम्पन्न हुने गरेको तथ्याङ् रहेपनि यो वर्ष जम्मा ६० प्रतिशतमा मात्र धानखेति सम्पन्न भएको कृषि विकास कार्यालयले जनाएको छ ।
केहिमात्रामा बाकीँ रहेको तथ्याङ्क रहेपनि यो वर्षभने सो अनुसारको रोपाई हुन नसकेको कृषि विकास कार्यालय पर्वतले जनाएको छ ।
कार्यालयका अनुसार यस वर्ष जिल्लाभर सात हजार १६०हेक्टर क्षेत्रफलमा धान खेती गर्ने लक्ष्य राखिएको छ । हालसम्म ४ हजार दुई सय २४ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भइसकेको कार्यलयले जनाएको छ । पर्वतका सात पालिका मध्ये सवै भन्दा धेरै कुश्मा, फलेवास र मोदीमा रोपाई भएको छ भने अन्य ४ पालिकामा रोपाई हुन सकेको छैन ।
कृषि विकास कार्यालयकी वालि संरक्षण अधिकृत एवम् सुचना अधिकारी सोविता सुवेदीका अनुसार यस वर्ष पर्याप्त वर्षा नहुनु , मौसम परिवर्तन र केही स्थानमा धानको बिउको व्याडमा ब्लास्ट रोग देखिनुले रोपाइँ प्रभावित भएको छ । यही कारण गत वर्षको तुलनामा धान उत्पादनमा समेत कमी आउने अनुमान गरिएको छ । गत वर्ष जिल्लामा प्रति हेक्टर २६ हजार आठ सय ३० मेट्रिक टन उत्पादन भएको तथ्यांक रहेको कृषि प्राविधिक सहायक मनिसा कुमालले बताउनुभयो ।
जिल्लाका प्रमुख धान उत्पादन क्षेत्रमध्ये कुश्मा नगरपालिकाका वडा नंं.९,१०, ११, १२, १३ र १४, फलेबास नगरपालिकाका वडा नं. ३, ६, ७ र ८, मोदी गाउँपालिकाका वडा नं. २ र ५, जलजला गाउँपालिकाका वडा नं. ४, ६ र ७, महाशिला गाउँपालिकाका वडा नं. २ र ५, विहादी गाउँपालिकाका वडा नं. १, २ र ३ तथा पैयुँ गाउँपालिकाका वडा नं। २, ४, ५ र ७ रहेका छन् ।
कृषि विकास कार्यालय पर्वतका प्रमुख गोपाल लामिछानेका अनुसार जिल्लामा शंकर खुमल–४,गुडुरा, पोखरेली जेठोबुढो, गौरिया,पहेले एक्ले, अनादी, विरम्फुली, उषा–३१२, च्याम्पियन लगायतका धानका जातको खेती हुँदै आएको छ । आवश्यक वर्षा हुने हो भने बाकीँ रहेको रोपाईँ साउनको अन्ति
म साता सम्ममा पर्वतका सवै ठाउँमा सकिने प्रमुख लामिछानेको भनाई छ । कार्यलयले १७–२३ डिग्री सेल्सियस तापक्रम, ८०–९० प्रतिशत आद्र्रता तथा गुम्सिएको वातावरणमा धानको मरुवा रोग फैलिन अनुकूल मानिएकाले किसानलाई समयमै रोकथामका उपाय अपनाउन आग्रह गरिएको छ ।
रोग नियन्त्रणका लागि बीउ उपचार, खेत तथा आलीका झारपात व्यवस्थापन, सन्तुलित म
ल प्रयोग, नियमित सिँचाइ र रोग प्रतिरोधात्मक धानका जातको प्रयोग गर्न विज्ञहरूले सुझाव दिएका छन् ।
रोगको प्रकोप बढी देखिएमा कार्बेन्डाजिम, ट्राइसाइक्लाजोल, हिनोसान वा बेभिस्टिनजस्ता सिफारिस गरिएका रोगनाशक विषादी निर्धारित मात्रामा प्रयोग गर्न कृषि प्राविधिक साहयक मनिसा कुमालले आग्रह गर्नुभएको छ ।

