पैंयु स्वास्थ्य चौकीमा पोषण शिविर सम्पन्न

पर्वत
पर्वतको पैँयु गाउँपालिकाको पैँयु स्वास्थ्य चौकीमा पोषण शिविर सम्पन्न भएको छ । पर्वत अस्पताल ,पोषण पुनस्थापना गृह,कुश्मा पर्वतको आयोजना र पैंयू गाउँपालिकाको समन्वयमा यो शिविर सम्पन्न भएको हो । शिविरमा पोषणको बारेमा बिभिन्न सम्बन्धीत ब्यक्तिहरुले आफ्नो भनाई राख्नुभएको थियो ।


पैंयु गाउँपालिकाका उपाध्यक्ष यम कुमारी रानाले शिविमा आफ्नो भनाई राख्दै बालबालिकामा कुपोषण हुन नदिन र यस्ता खालका शिविर बेलाबेलामा आयोजना गरेर नागरीकलाई यसबारेमा जानाकारी गराउनु पर्ने बताउनुभयो ।
पर्वत अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शंकर गिरीले यस्ता कार्यक्रम सदरमुकाम मात्र सिमित हुदाँ गाउँका दुरदराजका नागरीकहरुले यसको बिषयमा थाहा नभएका कारण जिल्लाको बिभिन्न ठाउँमा यस्ता शिविरको आयोजना गरेको बताउनुभयो । शिविरको आयोजना र उद्धेश्यको बिषयमा गिरीले प्रकाश पार्नुभएको थियो ।
शिविरमा जन्मे देखि ५ वर्ष सम्मका १३० जना बच्चाहरूको पोषण लेखाजोखा एबम् स्वास्थ परिक्षण गरिएकोमा २१ जना वच्चाहरू कुपोषति रहेका थिए । ति मध्ये कडा कुपोषण १ जना ,मध्यम कुपोषण ५ जना कुपोषण १५ जना वच्चाहरू मा रहेको बाल रोग बिषेशज्ञ डा. कुशल बरालले जानाकारी दिनुभयो ।
शिविरमा स्वास्थ्य कार्यालय पर्वत का तेज प्रसाद शर्मा,वार्ड अध्यक्ष टुकलाल न्यापाने, पोषण इन्चार्ज सरस्वती पाठक लगाएतको उपस्थति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज