फरार रहेका गुरुङ पक्राउ

पर्वत,१८

पर्वतको साविक पैयु गाबिस वडा नं.७ घर भएका डबिन गुरुङ पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय हुवास पर्वतबाट खटिएको प्रहरी टोलिले गुरुङलाई कास्की जिल्लाको पोखरा महानगरपालिका १४ चाउथे बाट पक्राउ गरेको हो ।
उनी कर्तव्य ज्यान सम्वन्धी कसुरमा ८ बर्ष २ महिना २३ दिन कैद भइ हाल सम्म फरार रहेका थिए । गुरुङलाई लुकिछिपि बसेको अवस्थामा घरबाट प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । फागुनको १६ गते मंगलबार पक्राउ परेका गुरुङलाई आवश्यक कारवाहीको लागी जिल्ला अदालत पर्वतमा उपस्थित गराई सोही दिन नै कारागार चलान गरिएको प्रहरी निरीक्षक प्रकाश राउतले जानाकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज