पर्वत उधोग बाणिज्य संघले गर्यो नवआगन्तुक प्रजिअ र सहायक प्रजिअ लाई स्वागत

पर्वत ,

 

पर्वतमा कार्यक्षेत्र बनाएर पर्वत आएका प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीलाई पर्वत उद्योग बाणिज्य संघले शुक्रबार एक कार्यक्रमको आयोजना गरि स्वागत गरेको छ । उद्योग बाणिज्य संघ पर्वतको कार्यसमितिका सदस्यहरु र पत्रकारको उपस्थितिमा सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा प्रजिअ र सहायक प्रजिअलाई स्वागत गर्दै उद्योग बाणिज्य संघ पर्वतका अध्यक्ष गोपि अधिकारिले पर्वतको व्यावसायिक स्थिति र उद्योग बाणिज्य संघले गरेका विभिन्न खालका सामाजिक कार्यको बिषयमा जानकारी दिनुभएको थियो ।

सो कार्यक्रममा आफ्नो भनाइ राख्दैसहायक प्रमुख जिल्ला अअधिकारी गणेश पौडेलले आफ्नो पर्वत बसाईमा सबै सग हातेमालो गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । पौडेलले भन्नुभयो,”प्रशासन पहिले जस्तो हुदैन अहिले सबै प्रविधि मार्फत संचालन हुनेछ । पर्वतको बसाई सम्झिन लायक बनाउने छु ।” उहाँले थप्नुभयो जिल्लामा संचालनमा आएको पहिलो यान्त्रिक पुलले पर्वत र बागलुङका नागरिकले धेरै लाभ लिएको समेत बताउनु भयो । उद्योग बाणिज्य संघ पर्वतको भवन २५,२६ बर्श अगाडि आकर्षक थियो । बजार , आर्थिक क्षेत्रलाई नमुना बनाउने गरि अगाडी बढ्ने र सबैसग साझेदारी गर्ने पौडेलले बताउनुभयो ।

त्यस्तै प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद आचार्यले आफुलाई पर्वत जिल्लामा कर्मथलो बनाएर आउन पाउँदा खुसी लागेको बताउनु भयो। स्वागत गरेकोमा उद्योग बाणिज्य संघलाई धन्यवाद दिदै उहाँले भन्नुभयो,”व्यावसायि अर्थतन्त्रको मेरुदण्ड हो । आफ्नो देशमा नै विभिन्न खालका उद्योग ,कलकारखाना खोल्नुपर्छ । ब्यबसायलाई राम्रो बनाउन आफ्नो तर्फबाट जस्तोसुकै पनि सहयोग गर्न तत्पर छौ।” आचार्यले आफू पर्वतमा रहदा जिल्ला प्रशासन बाट गर्नुपर्ने काममा कोहिपनी नागरिकले दुखेसो नगर्ने गरि कार्यसम्पादन गर्ने बताउनु भयो। सोही अवसरमा गण्डकी प्रदेश उद्योग बाणिज्य संघको उपाध्यक्षमा निर्वाचित केदारनाथ शर्मा र प्रदेश सदस्यमा निर्वाचित गोपि अधिकारिलाई सम्मान गरिएको थियो ।


स्वागत तथा सम्मान कार्यक्रममा स्वागत मन्तव्य अध्यक्ष गोपि अधिकारीले गर्नु भएको थियो भने कार्यक्रमको संचालन कार्यालय प्रमुख टंकनाथ शर्मा र समापन पर्वत उद्योग बाणिज्य संघ पर्वतका बरिस्ठ उपाध्यक्ष ठाकुर बि पौडेलले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज