रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको डस्बिन बितरण कार्यक्रम सम्पन्न

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कुश्मा शाखाले मोदी गाउँपालिका–६ डिम्मुवा बजारमा फोहोर व्यवस्थापनका लागि १२ थान डस्टबिन वितरण गरेको छ। स्थानीय सरसफाइ सुधार गर्ने उद्देश्यले आयोजित कार्यक्रममा इन्स्योरेन्स कम्पनीका प्रतिनिधि तथा स्थानीय समुदायको सक्रिय सहभागिता रहेको थियो।

गत वर्ष पनि कम्पनीले ट्राफिक कार्यालयलाई महत्त्वपूर्ण सहयोग प्रदान गरेको थियो। सामाजिक उत्तरदायित्वअन्तर्गत रिलायबल लाइफ इन्स्योरेन्सले यस्ता जनकल्याणकारी गतिविधिमा निरन्तर सक्रियता बढाउँदै आएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज