कुश्मा, मंसीर २६ – नेपाली कम्युनिस्ट पार्टीद्वारा आयोजित कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण तथा पार्टी एकता सन्देश प्रवाह कार्यक्रम आज एक विशेष समारोहका बीच सफलतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रमको सञ्चालन दिपुबाबु गिरीले गर्नुभएको थियो भने स्वागत मन्तव्य अमृत गुरुङले प्रस्तुत गर्नुभयो। कार्यक्रमको सभापतित्व युवा नेता मिनराज के.सी. अविरलले गर्नुभएको थियो।
समारोहका प्रमुख अतिथि कमरेड देवेन्द्र पौडेल रहनुभएको थियो। कार्यक्रममा दिलु पन्त, कृष्ण नेपाली, सुदिप कुवर, मनहरी तिमिल्सिना, मोति प्रसाद पौडेल, ढाकाराम गौतम, गुनखर बस्याल, उमकान्त भुर्तेल, ठाकुर प्रसाद पौडेल लगायतका अग्रज तथा युवा कमरेडहरूको विशेष उपस्थिति रहेको थियो।
कार्यक्रमले संगठनगत एकता, सिद्धान्तगत स्पष्टता तथा जनताप्रति प्रतिवद्धता झनै मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ।
