पर्वतको कुस्मा बजारस्थित नारायण माध्यमिक विद्यालयको ६६औँ वार्षिक उत्सव भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम विद्यालयका प्रधानाध्यापक प्रकाश रिजालले विद्यालयको समग्र प्रगति, आगामी योजना तथा हाल देखिएका समस्याहरूका विषयमा प्रकाश पार्दै सम्बोधन गरेका थिए।
कार्यक्रममा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक नृत्य तथा सिर्जनात्मक प्रतिभा प्रस्तुत गरी उपस्थित सबैलाई आकर्षित गरेका थिए।
उक्त कार्यक्रम अर्जुन प्रसाद जोशी को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। सो अवसरमा उनले विद्यालयको विकासका लागि आफूले विगतमा जस्तै आगामी दिनमा पनि निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा विभिन्न विद्यालयका शिक्षकहरू, निजी विद्यालयका प्रतिनिधिहरू, राजनीतिक दलका स्थानीय नेताहरू तथा अभिभावकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

