रोल्पा जिल्लाको थवाङ गाउँपालिका–१ जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको ज्यान गएको छ।
रुकुमपूर्वबाट जलजलातर्फ जाँदै गरेको लु१ज ४१६७ नम्बरको बोलेरो जिप भिरबाट करिब ८ सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार वैशाख पूर्णिमाको मेलामा सहभागी हुन जाँदै गरेका यात्रुहरू बोकेको जिप दुर्घटनामा परेको हो। घटनास्थलमा उद्धार कार्य जारी रहेको छ।
