वरदुवई, ३० चैत
स्वस्थ बाताबरण र गुम्दै गएको मानवीयता जोगाउनु पर्छ भन्ने सन्देश दिदै युएईको वरदुवईमा एक म्याराथन सम्पन्न भएको छ।
नेपालमा २० वटा म्याराथन सकेर विश्वका विभिन्न देशमा दौडिन भारत ,श्रीलंका हुँदै दुवइ पुगेका नवीन पुन दुवईको अल्गुवाइवा स्टेशनबाट म्याराथनको सुरुवात गरेर वरदुवका विभिन्न ठाउँमा दौडिदै पर्यटकको केन्द्र बुर्जखलिफा पुगेर म्याराथन सकिएको छ ।
बरदुवइ पछि आबुदाभिमा अर्को म्याराथन हुनेछ । ग्लोबल वार्मिङ लाई रोक्न आफुहरु यो अभियानको सुरुवात गरेको प्रमुख अभियान्ता नवीन पुनको भनाइ छ।
ठुलाठुला देशले कार्बन उत्सर्जन गरेका कारण नेपालले त्यस्को परिणाम भोग्न परेको तितो यथार्थको बिषयमा पनि उनले विभिन्न देशमा बताउदै आएका छन् ।
नेपालका वन जङ्गल , हावापानी, बन्यजन्तु र मानवलाई जोगाउन समेत यो अभियान सफल बनाउन सबैले हातेमालो गर्न अपिल गरेका छन् । अहिले सम्म ४० म्याराथन सकिएको अभियानकर्मी किसान बिसिको भनाइ छ। दुवइका ठाउँहरु मध्ये आबुदाभि पछि सार्जहा,आज्मान, अमअल्क्युइन,रस अल खैमा र फुजैरामा म्याराथन हुने बिसिले जानकारी दिए ।
एक हजार म्याराथन अन्तरगर्तको एक म्याराथन वर दुवइमा सम्पन्न
