बागलुङ गैरागाउँ–काठमाडौं बिश्वकर्मा समाजको शुभकामना आदान प्रदान तथा दर खाने कार्यक्रम सम्पन्न

काठमाडौं –

बागलुङ गैरागाउँ–काठमाडौं बिश्वकर्मा समाजद्धारा आयोजित शुभकामना आदान प्रदान तथा दर खाने कार्यक्रम सम्पन्न भएको छ । हिन्दु महिलाहरुको महान् चाड हरितालिका तिजको अवसरमा सनिवार काठमाडौंको बुढानिलकण्ठमा आयोजना गरिएको कार्यक्रममा बाग्लुङको गैरागाउँमा स्थाई घर भई हाल काठमाडौँलाई कर्मथलो बनाएर बसोबास गरिरहेका महिला तथा संस्थाका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमको अवसरमा गण्डकी प्रदेश सांसद माननीय दिलमाया रामदाम पौबीले तिजका कार्यक्रमले कला, संस्कृतीको संरक्षण विशेष ध्यान दिनुपर्ने बताउनुभयो । समाजले तिजको मौलिकतालाई बिर्सिरहेको बेला बाग्लुङ गैरागाउँ काठमाडौं विश्वकर्मा समाजले महिलाहरुलाई एकत्रित गरेर तिजका कार्यक्रम गर्नु निकै उदाहरणीय रहेको सांसद रामदामको भनाई छ । उक्त कार्यक्रमका विशिष्ट अतिथि चक्रपथ वियुरोका प्रहरी नायव निरीक्षक योशोदा खरेलले अबका छोरी ‘घर खाने’ खालका होइनन्,आफ्नो जीवन स्वतन्त्र तरीकाले जिउने हुनुपर्छ। ‘आफ्नै निर्णय अन्तिम’ भन्न सक्ने बन्नुपर्छ। जुन सुकै क्षेत्रमा पनि छोरी मान्छे सेफ छन् त?आखिर कस्को कारणले तिनै छोरा मान्छेको कारणले होइन?छोरीहरुलाई घरबाट बाहिर पठाउँदा डराउने हाम्रो समाज छोराहरू लाई संस्कार सिकाको खोइ?छोरी बाहिर जाँदा डराउने होइन अब छोराहरू घरबाट बाहिर जाँदा डराउनु होस् भन्ने कुरा राखिन् ।
बागलुङ गैरागाउँ काठमाडौं बिश्वकर्मा समाजका अध्यक्ष नारायण बिश्वकर्माले दलित समुदायलाई सरकारी तवरबाट हुँदै आएको विभेद अन्त्य गर्नुपर्ने बताउनुभयो । गरीबीका कारण शिक्षा, औषधि उपचार तथा अन्य सिर्जनात्मक कामबाट बञ्चित भएकाहरुलाई सरकारी तवरबाट नै सहयोग गर्नुपर्ने विश्वकर्माको भनाई छ ।
कला, सस्कृतीको संरक्षण र आपसी भावनात्मक सम्बन्धमा अभिबृद्धी गर्दै नारीहरुको सम्मानार्थ आयोजना गरिएको कार्यक्रममा सस्थाका कार्यसमितिहरुबाट आर्थिक संकलन गरिएको थियो । काम विशेषका कारण माईतीमा जान नपाएका चेलिबेटीहरु निराश हुनु नपरोस भन्ने हेतुले कार्यसमितिहरुबाट आर्थिक संकलन गरेर उक्त दरखाने कार्यक्रम गरिएको हो । कार्यक्रमलाई सफल बनाउनका निम्ति आर्थिक एवम् नैतिक सहयोग गर्नेहरु र बृद्धअबश्थामा रहेका महिलाहरुलाई दोसाल्ला ओडाएर संस्थाले सम्मान गरेको थियो । सो कार्यक्रमको बीच- बिचमा नाचगान समेत प्रस्तुत गरिएको थियो ।
करिब २ सय जनाको उपस्थिती रहेको कार्यक्रममा संस्थाका उपाध्यक्ष सरोज विश्वकर्माले तिजको शुभकामना दिँदै संस्कृतिको संरक्षण गर्न आह्वान गर्नुभयो । महिलाहरुको महान पर्वका रुपमा लिईने तिज पर्वको अवसरमा महिलाहरुले कुनै तनाव नलिई हर्ष उल्लासका साथ मनाउँदै संस्कृतिको जर्गेना गर्नुपर्ने भन्दै स्वागत मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको सहजीकरण सस्थाका बरिस्ठ उपाध्यक्ष सुर्य रामदाम, सचिव भुपेन घमाल, सह-कोषअध्यक्ष सचिन बिश्वकर्मा, सदस्यहरु विक्की रामदाम, भुमिराम बिश्वकर्मा, लालबहादुर बिश्वकर्मा लगायतले गर्नुभएको थियो भने कार्यक्रमको संचालन महासचिव राम बिश्वकर्माले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज