बाढी प्रभावित क्षेत्रमा एमाले युवा स्वयंसेवकको उद्धार तथा राहत अभियान

नेकपा (एमाले) गण्डकी प्रदेशको युवा स्वयंसेवक टोली बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत अभियानमा सक्रिय भएको छ। एमाले गण्डकी प्रदेशका युवा स्वयंसेवक अर्जुन पौडेल ‘निर्जन’को नेतृत्वमा स्वयंसेवक टोली नुवाकोट, धादिङ र रसुवाका बाढी प्रभावित क्षेत्रमा पुगेर उद्धार तथा राहत कार्यमा जुटेको हो।

टोलीले प्रभावित नागरिकको उद्धारसँगै आवश्यक राहत सामग्री वितरण, जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण तथा विपद्मा परेका परिवारलाई सहयोग गर्ने कार्य गरिरहेको जनाएको छ।

बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा राज्यका विभिन्न निकाय तथा सामाजिक संघसंस्थासँग समन्वय गर्दै स्वयंसेवक टोलीले मानवीय सेवामा निरन्तर खटिने जनाएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज