काठमाडौं, २३ कार्तिक ।
ललितपुरको मितेरी सहकारी ठगी प्रकरणमा दुईजना विरूद्व रेड कर्नर नोटिस जारी भएको छ ।
इन्टरपोलबाट काँग्रेस उपसभापति धनराज गुरूङकी पूर्व श्रीमती ज्योति गुरूङ र व्यवसायी ज्योतिबहादुर भण्डारीविरूद्ध रेड कर्नर नोटिस जारी भएको हो ।
सहकारीबाट उनीहरूले १४ करोड ८१ लाख रुपैयाँ अपचलन गरेको पाइएको छ । काँग्रेस उपसभापति गुरूङले ज्योतिसँग सम्बन्धविच्छेद गरिसकेको दावी गर्दै आएपनि उक्त सम्बन्धविच्छेद नक्कली भएको दावी समेत गरिएको छ ।
