पोखरा, २९ पाैष ।
कास्की जिल्लाको पोखरामा केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको कालिका लघुवित्त वित्तीय संस्था लि.को १५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाको सञ्चालक समिति अध्यक्ष चन्द्र बहादुर क्षेत्रीको अध्यक्षतामा होटल टास्क इन्टरनेश्नल प्रा.लि. पोखराको सभा हलमा मिति २०८१ पाैष २९ गते सोमवार वार्षिक साधारण सभा सम्पन्न भएको हो ।
उक्त साधारण सभाले अध्यक्षद्धारा प्रस्तुत आ.व.०८०/०८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन तथा विभिन्न प्रस्तावहरु सहित आ.व.०८०/०८१ को ०.५ प्रतिशत कर प्रयोजनको लागि नगद लाभांश र ९.५ प्रतिशत बोनस शेयर पारित गरेको छ । यस पश्चात संस्थाको हालको चुक्ता पूँजी बृद्धि भई ४० करोड ७६ लाख ९२ हजार ३ सय ४ पैसा ७६ पुगेको छ ।
उक्त साधारणसभामा सर्वसम्मत रुपमा नयाँ सञ्चालक समितिको समेत चयन भएको छ । नयाँ सञ्चालक समितिमा संस्थापक समूहको तर्फबाट चन्द्र बहादुर क्षेत्री, चन्द्र बहादुर बस्नेत, रमा कुमारी शर्मा र गणेश पौडेल तथा सर्बसाधारण शेयरधनीहरुको तर्फबाट बिश्वराज नेपाल र युक्त बहादुर सुबेदी निर्विरोध निर्वाचित भएका छन् । सोही दिन बसेको सञ्चालक समितिको बैठकले सञ्चालक चन्द्र बहादुर क्षेत्रीलाई सर्वसम्मत रुपमा पुनः अध्यक्ष चयन गरेको छ ।
साधारणसभाको कार्यक्रम वित्तीय संस्थाका कम्पनी सचिव तथा नायव प्रमुख कार्यकारी अधिकृत फणिन्द्र पाण्डेले सञ्चालन
गरेका थिए ।
