अमृत भट्टराई/३ ,बिहादी
पर्वतको विहादी गाउँपालिकामा शनिबार दिउँसो जीव दुर्घटना हुदा एकको मृत्यु २ घाइते भएका छन् । गाउँपालिकाको वडा नम्बर १ बाच्छा स्थित बारविसमा भएको जीप दुर्घटनामा वडा नम्बर १ बाच्छाका ५० वर्षीय बल्ल बहादुर माझीको घटनास्थलमै मृत्यु भएको र २ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।घाइते मध्य एकजनाको अवस्था गम्भीर रहेको र उपचारका लागि पर्वत अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ ।
बागलुङको जैमुनिबाट पर्वतको कुश्मा जाँदै गरेको ध. १च २८२ नम्बरको जिप दुर्घटनामा परेको हो ।
जिपमा ४ जना सवार रहेका थिए जीपले बनमा पाइने गुदरगानो लिएर जाने क्रममा उकालोमा ब्रर्केक फेल भएपछि जिप खोलामा खसेको थियो । थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ ।
