फलेवास,पर्वत/फागुन २५
कालिका लघुवित्त वित्तिय संस्था लिमिटेडको वित्तिय साक्षरता कार्यक्रम फलेवास नगरपालिका, पर्वतमा सम्पन्न भएको छ ।
कालिका लघुवित्त फलेवास शाखाको आयोजनामा यस अन्तर्गत रहेका ११२ केन्द्रहरु मद्ये ६५ केन्दका केन्द्र प्रमुख तथा अन्य सदस्यहरुको सहभागितामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

लघुवित्तमा आवद्ध भएर आय आर्जनको बाटो रोज्दै आँफुलाई उत्पादन संग जोडनका लागि लघुवित्त वित्तिय संस्था एक प्रभावकारी माधयम भएको कुरा वताउँदै गरिवी र विपन्नतामा यसले निकै महत्वपुर्ण साहाराको रुपमा काम गगिरहेको संस्थाका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि अधिवक्ता चन्द्रवहादुर क्षेत्रीले वताउनुभयो । उद्घाटन सत्रका क्रममा बोल्दै उहाँले पछिल्लो समय लघुवित्त संस्थाहरुवाट ऋण लिएर विभिन्न विलाशीताका वस्तुहरुमा खर्च गर्ने, अन्य ब्यवहार मिलाउने र अनुत्पादक क्षेत्रमा लगानी गर्ने गरेका कारण स्वय ऋणी र संस्थानै समस्यामा पर्ने गरेको उदाहरण प्रस्तुत गर्दै कुनै न कुनै हिसावले आँफुलाई उत्पादन संग जोडनका लागि समूह सदस्यहरुलाई प्रेरित गर्नु भयो ।
कार्यक्रममा कालिका लघुवित्तका सञ्चालक गणेश पौडेल फलेवास नगरपालिकाका संथापक नगर उपप्रमुख मञ्जु अधिकारी , उप प्रमुख शोभा क्षेत्री , शेयर धनी भरत कुमार श्रेष्ठ लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।
केन्द्र प्रमुखहरुका तर्फवाट केन्द्र प्रमुख प्रेम कुमारी घिमिरेको को अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन शाखा प्रमुख मनिसा क्षेत्रीले गर्नुभएको थियो ।

कार्यक्रको दोस्र सत्रमा कुश्मा मुकाम अन्तर्गतका शाखाहरुको अनुगमन अधिकृत चद्र प्रसाद वस्यालले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा केन्द्र प्रमुख तथा अन्य सदस्यहरु सहित संस्थामा आवद्य ८० जनाको सहभागीता रहेको थियो । कार्यक्रमका विच उत्कृष्ट केन्द्र, उत्कृष्ट केन्द्र प्रमुख, उत्कृष्ट ऋणी र उत्कृष्ट वचतकर्तालाई नगद पुरस्कार साथै सम्मान पत्रले पुरस्कृत तथा सम्मानित गरिएको थियो ।
नेपाल राष्ट्रबैंक बाट ‘घ’ वर्गको इजाजत प्राप्त कालिका लघुवित्त वित्तीय संस्था राष्ट्रिय स्तरको लघुवित्त हो । जसले देशभरका ४३ जिल्लामा १०५ वटा शाखाहरुको स्थापना गरि लघुवित्त सेवा प्रवाह गरिरहेको छ ।
