काठमाडौं, २ चैत ।
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अल्बानिया पठाइदिन्छु भन्दै सर्वसाधारण ठग्ने एकजना पक्राउ परेका छ्न् ।
सर्वसाधारणलाई रकम ठगी गरेको अभियोगमा खोटाङ दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–४ घर भई काठमाडौं बूढानीलकण्ठ नगरपालिका–१० बस्ने ३४ वर्षीय युवराज घिमिरे पक्राउ परेका हुन् ।
उनले अल्बानिया पठाइदिन्छु भन्दै एक जनाबाट एक लाख रुपैयाँ ठगेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा परेको उजुरीका आधारमा पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ ।
