माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक

काठमाडौं, १३ असार । राष्ट्रिय परीक्षा बोर्डले मध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ ।

साँझ ६ बजे नै नतिजा सार्वजनिक गर्ने भनिए पनि प्राविधिक कारणले नतिजा ढिला गरी सार्वजनिक भएको हो ।

२०८१ को एसईई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो । परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेडवृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए ।

सम्बन्धित समाचार

ताजा न्यूज