बिद्यार्थिद्वारा बृद्धबृद्धालाई न्यानो कपडा सहयोग

कुस्मा नगरपालिका–३ दुर्लुङस्थित काफलचौरका कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूले आफ्नो दैनिक खाजा खर्च बचत गरेर बृद्धबृद्धालाई न्यानो कपडा सहयोग गरेका छन्।

विद्यार्थीहरूले संकलन गरेको कपडा कुस्मा नगरपालिका–५ मोदिबेणीधामस्थित विद्राश्रममा आज हस्तान्तरण गरिएको छ।

यसबारे जानकारी गराउँदै सोही विद्यालयका शिक्षक अनिल पौडेलले विद्यार्थीहरूको सामाजिक सेवाप्रतिको जागरण प्रेरणादायी रहेको बताए। उनका अनुसार साना–साना कुराबाट सुरु गरिने दान र सहयोगले समाजमा सकारात्मक सन्देश फैलिने उल्लेख गरेका छन्।

83d3b232-b527-4398-a276-412fdec4c877 0003b842-f991-4e06-8d21-533a95976fb2 6008eb79-9ebd-4d91-9507-8dbbb8ec366e

सम्बन्धित समाचार

ताजा न्यूज