घण्टी चिन्हका सागर भुसाल २६,५६१ मतसहित विजयी

२३ फागुन, पर्वत
हालै सम्पन्न निर्वाचनको अन्तिम मतपरिणाम अनुसार घण्टी चिन्हका उम्मेदवार सागर भुसाल २६,५६१ मत प्राप्त गर्दै विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी रुख चिन्हका अर्जुन प्रसाद जोशी ले १५,९५४ मत प्राप्त गरी दोस्रो स्थान हासिल गरेका छन् भने सुर्य चिन्हका पदम गिरी ले १५,०७५ मतसहित तेस्रो स्थानमा रहेका छन्। यसैगरी पाँचकुने तारा चिन्हका मनहरि शर्मा ले ४,५५७ मत प्राप्त गरेका छन्। अन्य उम्मेदवारमध्ये दुर्गा बहादुर मल्ल (हलो) ले ५२५, वीर बहादुर गुरुङ्ग (उडिरहेको माहुरी) ले १९५, यम बहादुर चोचाङ्गी पुन (बलिरहेको बिजुलीको चिम) ले १२२, कृष्ण बहादुर वि.क. (गोलो घेराभित्र दुई पात भएको गुलाफको फूल) ले ११८, भिमलाल न्यौपाने (गिलास) ले ८७, लाल कुमारी थापा राना (कुखुराको भाले) ले ४१, माया पाइजा पुन फकामी मगर (हात मिलाएको) ले २९, सावित्री शर्मा (आँप) र सीता देवी शर्मा (मुढा) ले समान १५–१५ मत प्राप्त गरेका छन् भने ऐलिना सुवाल (मादल) ले ७ र पवित्रा मल्ल (मोबाइल) ले ५ मत प्राप्त गरेका छन्। यसरी अन्तिम मतगणनामा सागर भुसाल स्पष्ट अग्रता सहित विजयी भएका छन्।

सम्बन्धित समाचार

ताजा न्यूज