पर्वत, कुश्मा — “व्यक्तिगत घटना घटेको ३५ दिनभित्र स्थायी ठेगाना भएको वडामा दर्ता गराउनु नागरिकको कर्तव्य हो” भन्ने सन्देशसहित व्यक्तिगत घटना दर्ता सप्ताह–२०८३ (बैशाख १–७) को अवसरमा वडा स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ।
कुश्मा नगरपालिका–९, पर्वतमा २०८३ बैशाख ४ गते आयोजित उक्त कार्यक्रममा सामाजिक सुरक्षा तथा घटना दर्तासम्बन्धी विषयमा छलफल गरिएको थियो। कार्यक्रम कुश्मा नगरपालिका नगर कार्यपालिकाको कार्यालयको आयोजनामा सम्पन्न भएको हो।
कार्यक्रममा वडा नं. ९ का वडा अध्यक्ष, नगरपालिका कार्यालयका कर्मचारीहरू तथा महिला स्वयम्सेविकाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले घटना दर्ताको महत्त्व, समयमै दर्ता गराउँदा हुने फाइदा तथा सामाजिक सुरक्षा सेवा प्रभावकारी बनाउने विषयमा आफ्ना धारणा राखेका थिए।
कार्यक्रमले नागरिकलाई समयमै घटना दर्ता गर्न प्रेरित गर्नुका साथै सामाजिक सुरक्षा प्रणालीलाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।

