बालबालिकाले स्थानीय सरकारसँग राखे आफ्ना सवाल, सार्वजनिक शिक्षाको सुधारमा जोड

पर्वत, असोज २ । ‘बालापनको रक्षा : भविष्यको सुरक्षा’ भन्ने सवालसहित कुश्मामा स्थानीय सरकारसँग बालबालिकाको संवाद कार्यक्रम सम्पन्न भएको छ।

शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसीई) जिल्ला समिति पर्वतको आयोजनामा भएको कार्यक्रममा बालबालिकाले कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत किरण पौडेल, सामाजिक विकास समिति संयोजक ईश्वर गिरी र नगर शिक्षा अधिकृत दीपक सुवेदीसमक्ष सार्वजनिक शिक्षा, बालअधिकार तथा आफ्ना सरोकारका विषयहरू प्रत्यक्ष रूपमा राखेका थिए।

‘निःशुल्क गुणस्तरीय सार्वजनिक शिक्षा सम्भव छ’ भन्ने नाराका साथ आयोजित कार्यक्रममा शिक्षा क्षेत्रका सरोकारवाला, जनप्रतिनिधि, सामाजिक संघसंस्था तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।

कार्यक्रम एनसीई नेपाल जिल्ला समिति पर्वतका संयोजक आशिष पौडेलको अध्यक्षता, प्रगति संस्कार बाल क्लबकी संरक्षक रश्मी गौतमको स्वागत तथा एनसीई पर्वतका सचिव भीमबहादुर नेपालीको सञ्चालनमा सम्पन्न भएको हो।

सम्बन्धित समाचार

ताजा न्यूज