काठमाडौं, फागुन १५ । चर्चित गायिका ज्योती मगरले पल शाहको बलात्कार प्रकरणलाई लिएर पूर्वसभामुख कृष्णबहादुर महरा र रोशनी शाहीको प्रसंग कोट्टयाउनु भएको छ । पल प्रकरणमा विवादास्पद टिप्पणी गर्दै मगरले पूर्वसभामुख महरालाई तान्नुभएको हो ।
मगरले नाबालिग गायिकामाथि पल शाहले बलात्कार नगरेको प्रमाण दिन महरा र शाहीको नाम उल्लेख गर्नुभएको छ । ‘रोशनी (शाही) जीले सरकारी पद नपाउँदा कृष्ण महराजी जेल, १८ बर्ष नपुगेकोले समीक्षाजीलाई बिहे गर्न नमान्दा पल शाह जेल,’ मगरले फेसबुकमा लेख्नुभएको छ ।
मगरले पलको पक्ष पनि लिनुभएको छ । ‘हाम्रो संस्कारमा छोरी मान्छे १५/१६ बर्षको हुँदा बिहे गर्दिने चलन अझै कायम नै छ, जसअनुरुप पुरुषहरु अझै यही सोच्छन कि १५÷१६ बर्ष मा शारीरिक तथा मानसिक रुपमा यौन सम्पर्क र प्रेमलापको लागि योग्य हुन्छन् । सायद त्यस्कै परिणाम हो (पल र समीक्षा)‘ बलत्कार त हुँदै होइन,’ मगरको भनाई छ ।
मगरले थप्नुभएको छ, ‘सुरुसुरुमा मायाजाल अहिले आएर महाजाल ‘पललाई बर्बाद गर्न लागि पर्नुभएका महानुभावहरुले समीक्षालाई नि बर्बाद गर्दिए ।’जनता टाइम्सबाट