एनसीइ गण्डकी प्रदेशको प्रदेश सम्मेलन सम्पन्न,कमाउदै रमाउदै शिक्षामा जोड दिनुपर्ने मन्त्रीको धारणा

 

फागुन,८ पोखरा

एनसीई नेपाल गण्डकीले आयोजना गरेको सार्वजनीक शिक्षा सम्मेलन कार्यक्रम पोखरामा बिहिबार सम्पन्न भएको छ । कार्यक्रमको उद्धाटन गर्दै गण्डकी प्रदेशका सामाजीक विकास ,युवा तथा खेलकुद मन्त्री बिन्दु कुमार थापाले कमाउदै रमाउदै शिक्षा आजको आवश्यकता रहेको बताउनुभएको छ ।

मन्त्री थापाका अनुसार अहिलेको शिक्षा व्यवहारिक जिवनमा खासै लागु नभएका कारण पनि अवको शिक्षा नितीमा बिद्यार्थीले अध्ययन गर्दै गर्दा पनि कमाउने र रमाउने खालको हुनुपर्नेमा जोड दिनुपर्ने बताउनुभएको छ ।

साथै सार्वजनिक शिक्षालाई थप मजबुत बनाउन अभिभावकलाई थप जिम्मेवार बनाउनुपर्ने मन्त्री थापाको धारणा थियो ।

कार्यक्रममा एनसीई नेपालका केन्द्रिय अध्यक्ष राजेन्द्र पहाडीले कार्यक्रमको उद्धेश्यको बारेमा प्रकाश पार्नुभएको थियो । पहाडीले सार्वजनिक शिक्षाका समस्या ,चुनौती र सार्वजनिक शिक्षाको सम्भावनाका बिषयमा धारणा राख्दै सरोकारवाला निकायले छिटो भन्दा छिटो यस विषयमा काम कारवाही अगाडि बढाउन समेत आग्रह गर्नुभएको थियो ।

त्यस्तै सोही कार्यक्रममा एनसीइ नेपालका राम गैरेले सार्वजनिक शिक्षा किन? नेपालमा सार्वजनीक शिक्षाको अवस्था र यसका समाधानका उपायहरुको बारेमा आफ्नो प्रस्तुतिकरण गर्नुभएको थियो ।
फेदी गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले ४ ‘प’को बारेमा बताउनुभएको थियो । पुर्वाधार,पाठ्यक्रम,प्रोत्साहन र प्रविधिमा विद्यार्थीलाई जोड्नुपर्ने बताउदै सार्वजनीक शिक्षा सुधार्नको लागि सुरुवात कर्मचारी र जनप्रतिनिधि बाट नै गर्नुपर्ने धारणा राख्नुभएको थियो । सुवेदीले आफु पालिकामा निर्वाचित भएपछि आफ्ना छोराछोरीलाई पनि सामुदायिक विद्यालयमा पढाउन थालेको बताउनुभयो ।
विद्यालयको तर्फबाट बिन्धवासिनी माविका प्रअ कृष्ण प्रसाद आचार्यले प्रविधिलाई जोड दिदै विद्यालयमा मार्कर बोर्डलाई बिस्तापित गरेर सवै कक्षामा स्मार्ट बोर्ड जडान गरेर अध्ययन गराइएको जानाकारी दिनुभयो । त्यस्तै विद्याज्योति माबि लमजुङका प्रधानाध्यापक सुर्य बहादुर थापा, सृजना बहिरा आधारभुत विद्यालयका प्रअ सुनिल भण्डारी लगायतले विद्यालयमा गरेको असल अभ्यासको बारेमा चर्चा गर्नुभएको थियो ।
गण्डकी प्रदेश स्तरिय कार्यक्रममा प्रदेशका सांसदहरु रेखा गुरुङ,सिता सुन्दास,भिम कार्कि साथै एनसिई नेपालका पुर्व अध्यक्ष एबम गण्डकी प्रदेशका सांसद डिल्लीराम सुवेदीले सार्वंजनीक शिक्षा सुधार र आगामी दिनमा बनाउनुपर्नै ऐन कानुनको बारेमा बोल्नुभएको थियो । कार्यक्रममा सहभागीका तर्फबाट पनी सरोकारवालालाई बिभिन्न जिज्ञासा र गुनासो राखेका थिए । प्रदेशका कास्की,पर्वत,लमजुङ लगायत थुुप्रै जिल्लाहरु र सार्वजनिक शिक्षामा सरोकार राख्ने संघसस्थाहरुको पनि सो कार्यक्रममा सहभागिता रहेको थियो । एनसिई नेपाल गण्डकी प्रदेशले आयोजना गरेको कार्यक्रम लाई आयोजक प्रदेशका अध्यक्षले २२ बुदेँ घोषणा पत्र प्रस्तुती सगैँ समापन गरेका थिए ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

सम्बन्धित समाचार

ताजा न्यूज