दिन प्रतिदिन कोरोना संक्रमितको सङ्ख्या बढ्दो छ । कोरोनाका कारण पर्वतमा निर्माण भएर संचालनमा आएका करोडौँका पर्यटन व्यवसाय धरापमा पर्न थालेका छन् ।
देशमा केहि बर्ष बाट न धनि न गरीव न स्वदेशी न विदेशी कसैलाई पनि नछोडेको कोभिड १९ को तेश्रो भेरियन्टको संक्रमण बढेसँगै पर्वतको पर्यटन क्षेत्र प्रभावित बनेको छ । करोडौँको लगानीमा निर्माण भएका सहासिक खेल सहितका संरचनाहरु अहिले कोरोनाको संक्रमण बढेसँगै सुनसान जस्तै बनेका छन् । सयौँको संख्यामा आउने आन्तारीक पर्यटक पर्वतमा अहिले फाटफुट मात्रै छ । करोडौँको लगानी गरेर संचालनमा आएको विश्वकै दोश्रो अग्लो बन्जि जम्पको निर्माणको बर्ष देखि नै कोरोनाले दुख दिएको संचालकले बताएका छन् ।
पर्वतमा पछिल्लो केहि वर्ष यता अग्ला र लामा पुल सगैँ साहासिक खेलको लागी बञ्जी र स्विङ सगैँ केहि महिना अघि निर्माण सम्पन्न भएको जीपलाइन अवलोकन गर्न पर्यटक नआउदाँ सो क्षेत्र र कुश्मा बजार सुनसान जस्तै बनेको छ । यहाँको पर्यटन क्षेत्र कोरोनाको तेस्रो लहरको चपेटामा परेका हुन् ।
पर्वतमा २ बर्ष अघि निर्माण सम्पन्न भएको विश्वकै दोश्रो अग्लो बञ्जी जम्प र विश्वकै अग्लो स्विङ सँगै हालै निर्माण सम्पन्न भएर सञ्चालनमा आएको विश्वकै दोश्रो लामो दावी गरिएको जीपलाइन प्रभावित बनेका छन् । द क्लिफ प्रालि द्वारा सञ्चालित बञ्जी जम्प करिब ५ बर्षको अवधिमा २८ करोड बढी लगानीमा निर्माण भएको पा्रलिका अध्यक्ष राजु कार्कीले बताउनुभयो । निर्माण सँगै करिब १ वर्ष सहज रुपमा सञ्चालन भए पनि बेलाबखत कोरोनाको मार खेप्न बाध्य भएको अध्यक्ष कार्कीको भनाई छ । अहिले स्काइ साइक्लिङ समेत सञ्चालनमा ल्याएको प्रालिका सबै गतिविधि प्रभावित बनेका छन् । जिल्ला प्रशासन कार्यालय पर्वतले निषेधाज्ञा जारी गरेसँगै पर्यटन व्यवसाय ठप्प जस्तै बनेको हो ।
त्यस्तै हालै मात्रै सञ्चालनमा आएको हार्नेस जीपलाईन प्रालिद्वारा सञ्चालित जीपलाईन पनि कोरोनाको चपेटामा परेको छ । अंग्रेजी नयाँवर्षको आगमन सँगै सञ्चालन शुरु गरिएको जीपलाईन सञ्चालन भएको केही दिनमा नै बन्द अवस्थामा पुगेको छ । निर्माण सम्पन्न भए सगैँ कुश्मा नगरपालिकाका मेयर रामचन्द्र जोशीले उद्धाटन गर्नुभएको थियो । कोरोनाको कारण उद्धाटनको केहि दिन मात्र बजार क्षेत्रका मानिसले जिपलाइनको मज्जा लिए पनि जिल्ला भन्दा बाहिरका पर्यटक आएर जिपलाइनको मजा भने लिन नपाउने भएका हुन् । पर्वतमा यही माघ ५ गते बाट निषेधाज्ञा जारी गरीएको छ ।
निर्माण समय देखि सञ्चालनको अवधि सम्म कोरोनाका कारण ठूलो समस्या उत्पन्न भएको जिप लाइन सञ्चालनक रञ्जित जोशीले बताउनुभयो । झण्डै १५ करोडको लगानीमा बनेको यो जीपलाईन र बञ्जी सहज रुपमा सञ्चालनमा नआएपछि पर्वतको कुश्मा बजार क्षेत्रको चहलपहल पनि शून्य जस्तै बनेको छ भने होटल व्यवसाय पनि प्रभावित बनेका छन् । पर्वतमा बनेका साहासिक खेल बन्जी, स्विङ साथै जिपलाइनका कारण कुश्मा बजारका होटेल र अन्य व्यापार ब्यवसाय राम्रो सँग चलायमान भएको तर फेरी कोरोनाको तेस्रो लहर आउँदा यि सम्पुणर् क्षेत्र धरासाई हुने हुन कि भन्ने चिन्ता लागेको उद्योग वाणिज्य संघका अध्यक्ष गोपि अधिकारीले बताउनुभयो । कोरोनाका कारण नै पर्वतका गाउँ गाउँमा सञ्चालित ३० वटा भन्दा बढी होमस्टेहरु प्रभावित बनेका छन् । पाहुनाहरु जान छाडे सगँै यहाँका कतिपय होमस्टे सधैका लागि बन्द हुन पुगेका छन् । पुल, बन्जी र जीपलाइनको बजेटलाई जोडे्ने हो भने १ अर्व भन्दा माथि पुग्छ । राज्य र ब्यक्तिले लगानी गरेका पर्वतका यी बिभिन्न ठाउँमा पर्यटक नहुदाँ सुनसान छ ।