पर्वत ,६चैत
पर्वतका ४ नगरपालिका र गाउँपालिका जोड्ने झोलुङ्गे पुल जीर्ण बन्दै गएको छ । पर्वतमा रहेका ७ स्थानीय तहहरु मध्ये आधा भन्दा बढी जोडेको दोबिल्ला मोटरेवल पुल जीर्ण बनेको हो ।
यो पुलमा कसैको पनि नजर पुग्न सकेको छैन् । हजारौँ यात्रु र सवारी साधन वारपार गर्ने यो पुलमा स्थानीय जनप्रतिनिधीहरु पनी दिनहुँ सोही पुल बाट यात्रा गरेका हुन्छन् स्थानिय चित्र सागर श्रेष्ठ भन्छन् ,‘यो पुलमा धेरै जनप्रतिनिधी सरोकार वालाहरु हिड्छन तर खै यो पुल नजिकै आउदा आखा चिम्लन्छन् कि कुन्नी यस्तो बिजोग हुदाँ सम्म पनि बनाउने कुनै पहल नै गरेरन ।’ अझ त्यति मात्रै हो र यही बाट पुर्व मन्त्रि विकास लम्साल पनि हिडछन् त्यहीका जनताले भोट दिएर जितेका पुर्व मन्त्रि लम्सालले अहिले उनै जनता ओहोरदोहोर गर्ने यो पुल मर्मतका निम्ती कुनै पहल गरेको देखिएन.् ।
पर्वतमा तत्कालिन अवस्थामा ५५ वटा गाविस थियो । त्यस मध्ये ३४ गाविस दक्षिण भेगमा मोदी खोलाको कारण सदरमुकाम कुश्मा र दक्षिण बीच यातायात सम्पर्क थिएन । यसले गर्दा सर्वसाधरणहरुलाई सदरमुकाम पुग्न दुई दिनको बाटो स्याङजा र पोखरा हुँदै यात्रा गर्नुपर्ने हुन्थ्यो । तर, एक दशकअघि मोटरेवलपुल बनेपछि भने सदरमुकामकुश्मा देखि दक्षिण पर्वत सम्म सोझो यातायात सेवाको पहुँचबन्यो । यसले आम सर्वसाधरणको दैनिकिमा सहजता ल्यायो तर, यतिबेलाभने यस मोटरेवलपुलजिर्ण भएको छ । केही साता अगाडी मात्र यो पुलमा टिपर दुर्घटना भयो । यो दुर्घटनामा मानविय क्षति नभएपनि ठुलो दुर्घटना हुन बाट जोगिएको थियो ।
यो मोटरेवल पुल नेपालमै नमूना पुलको रुमा सस्पेण्डेड मोडलमा देविल्लास्थित मोदी नदीको माथि एक दशक अघि निर्माण सम्पन्न भएको हो । यस पुलको लम्बाई २ सय मिटर रहेको छ । फलेवास नगरपालिका देखि माहाशिला,बिहादी र पैयूँगाउँपालिका लाई सदरमुकम कुश्मा सँग जोड्ने काम गरेको छ । दक्षिण पर्वत जोड्ने एकमात्र मोटरेवलपुलको हविगत जोखिमपूर्ण छ । नटबोल्टखुस्किएको, पुलमा रहेका पाता उप्किएका,भासिएका र ठाउँठाउँमा खिया लागेको छ ।
यस पुलको भारवहन क्षमता १५ टनमात्रै भएपनि ठुला सवारी साधन निस्फिक्री गुड्ने गरेका स्थानीय सुरज पौडेलको भनाई छ । डोजर, लोडर बालुवा, गिट्टी बोकेका टिपर लगाएतका बढी भार वहन क्षमता भएका सवारी साधन यही पुल बाट तार्ने गर्दा पुलझनै जोखिमपूर्ण बन्दै गएको पौडेलले बताए । पुल निर्माणताका भने हेरालु राखेर ठुला गाडी प्रवेश गर्न निषेध गरिएको थियो । पछिखर्च व्यवस्थापन गर्न मुस्किल भए पछि हेरालु राख्न छाडिएको स्थानीयको भनाई छ । बर्खाको समयगाडी अनियन्त्रित हुँदा पुल छेउमा राखिएका वारमा गएर ठोकिने गरेका छन् । यस्तै पुल माचिप्लिएर धेरै मोटरसाइकल दुर्घटना भएइसकेका पुल छेउमा किराना पसल संचालन गरेका अर्जुन पौडेलले जानाकारी दिए ।