संघियता कार्यान्वयन सम्बन्धी संकल्प कार्यान्वयन गर्न रासको सरकारलाई निर्देशन

काठमाडौं ।

राष्ट्रिय सभाले संघीयता कार्यान्वयन सम्बन्धी संकल्प प्रस्ताव कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ ।
राष्ट्रिय सभाको बिहीवार बसेको बैठकले सभाबाट स्वीकृत भएको संघीयता कार्यान्वयन सम्बन्धी संकल्प प्रस्ताव राष्ट्रिय सभा नियमावली २०७५ को नियम ८७ बमोजिम कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको हो ।
बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटा प्रस्तावक रहेको संघीयता कार्यान्वयन सम्बन्धी संकल्प प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको घोषणा गरे ।
उनले भने, ‘राष्ट्रिय सभाबाट स्वीकृत संघीयता कार्यान्वयन सम्बन्धी संकल्प प्रस्ताव राष्ट्रिय सभा नियमावली २०७५ को नियम ८७ बमोजिम कार्यान्वयन गर्न नेपाल सरकारलाई यो सभा निर्देशन गर्दछ ।’
तिमिल्सिनाले सदस्य देवकोटा प्रस्तावक रहेको संघीयता कार्यान्वयन सम्बन्धी संकल्प प्रस्ताव जितेन्द्रनारायण देव, गोपीबहादुर सार्की अछामी, नन्दा चपार्ईँ, प्रमिलाकुमारी र देवेन्द्र दाहाल समर्थक भई दर्ता गराएको प्रस्ताव संसदमा निणर्यार्थ प्रस्तुत गरेका थिए । प्रस्तुत संकल्प प्रस्तावलाई सत्तापक्ष र प्रतिपक्ष सबै सांसदले सहमति जनाएका थिए ।
राष्ट्रिय सभाको अर्को बैठक शुक्रवार १ बजे जनाएको छ । अन्लाइनखबर

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज