काठमाडौं ।
नेकपा एकीकृत समाजवादीका नेता तथा सांसद झलनाथ खनालले आफ्नो पार्टीमा कस्लाई मन्त्री बनाउने वा नबनाउने पार्टीको कुरा रहेको बताएका छन् । कुन व्यक्तिलाई मन्त्री बनाउने या नबनाउने भन्ने कुरा सम्बन्धित पार्टीको सार्वभौम कुरा भएको खनालले बताएका हुन् ।
मन्त्री हेरफेर गर्ने पार्टीको निणर्यका बारेमा संसद भवन बानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै खनालले त्यो अरुले गर्ने विषय नभएको टिप्पणी समेत गरेका हुन् ।
‘कुन व्यक्तिलाई मन्त्री बनाउने या नबनाउने भन्ने कुरा सम्बन्धित पार्टीको सार्वभौम कुरा हा अरुको होइन भन्दै खनालले आफ्नो पार्टीका तर्फबाट कसलाई मन्त्री बनाउने या नबनाउने भन्ने कुराको निणर्य नेकपा(एकीकृत समाजवादी)ले गर्छ यो धर्तीका अरु कुनै तागतले गर्ने कुरा नभएको बताए ।
६ महिनापछि मन्त्री हेरफेर गर्ने निणर्य पहिले नै नभएको भन्दै खनालले त्यसै अनुसार कमिटीबाट निणर्य भएको बताए ।
‘हामीले पहिले नै सहमती त्यस्तै गरेका थियौँ । ६ महिनासम्म एउटा टिमलाई दिने । त्यसपछाडि अर्को टिम पठाउने भन्ने सुरुकै हाम्रो सहमति हो । त्यही अनुसार हामीले गरेको हो । खनालको भनाई छ ।