महँगी र भ्रष्टाचारविरुद्ध सोमबार विरोध प्रदर्शन, तस्बिरहरु सहित

काठमाण्डाै –                                                               प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले महँगी र भ्रष्टाचारविरुद्ध सोमबार विरोध प्रदर्शन गरेको छ । गठबन्धन सरकार गठन भएको एक वर्षमा खाद्यवस्तुको चर्को मूल्यवृद्धिका साथै हरेक क्षेत्रमा महँगीका कारण नागरिकको जीवन कष्टकर बनिरहेको विषयलाई लिएर आज  एमालेले विरोध प्रदर्शन गरेको हो ।          एमालेकाे जनप्रदर्शन वसन्तपुरमा मिसिएर असन, भोटाहिटी, प्याफल, नरदेवी, बाङ्गेमूढा, हुँदै शान्तिबाटिकामा पुगेर समापन हुनेछ ।                                                                                प्रदर्शनमा सहभागीहरूले विभिन्न ब्यानर, ग्यास, सिलिन्डर बोकेर विरोध जनाएका छन् । प्रदर्शन कारीहरूले परमादेशी सरकार चाहिँदैन, भ्रष्टाचार गर्न पाइँदैन, भ्रष्टाचार नियन्त्रण गर्, भ्रष्टाचारीलाई कारबाही गर् लगायतका नारा लगाएका थिए ।                                                                                     जनप्रदर्शनमा पार्टीका काठमाण्डाै उपत्यकाका तीन जिल्ला (काठमाण्डाै, ललितपुर, भक्तपुर) उपत्यका विशेष प्रदेश, सम्पर्क कमिटी, जनवर्गीय सङ्गठन, सांसद, पार्टीको केन्द्रीय विभाग सहित हजारौं मानिसहरुको सहभागिता रहेको छ ।जनप्रदर्शनका तस्बिरहरू हेर्नुस् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज