काठमाण्डाै – सुनको भाउ सोमबार तोलामा ४ सय रुपैयाँले घटेको छ । त्यस्तै चादिमा पनि गिरावट आएको छ। आज सोमबार सुन तोलामा ९५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर १ हजार २ सय २० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । केही दिन यता सुनचाँदीको मूल बढ्ने र घट्ने भैरहेको छ ।