गाउँपालिका उपाध्यक्षले नागरिकको स्वास्थ्य परिक्षण आफै गर्दै

पर्वत,विहादी-                                                                     पर्वतको एक गाउँपालिका उपाध्यक्षले नागरिकको स्वास्थ्य परिक्षण आफै गर्नुभएको छ ।  विहादी गाउँपालिकाका उपाध्यक्ष मिना तिवारी नागरिकको स्वास्थ्य परिक्षण गर्न आफै फिल्डमा खटिनु भएको हो ।

विगत लामो समय देखि स्वास्थ्य क्षेत्रमा काम गर्नु भएकी उपाध्यक्ष तिवारीले निर्वाचित भए पछि पहिलो पटक वडामा गएर नागरिकको स्वास्थ्य परिक्षण गर्न सुरु गर्नुभएको हो । नागरिको स्वास्थ्य परिक्षणसंगै पालिकाले नागरिकलाई सामाजिक सुरक्षा भत्ता समेत वडाबाटै वितरण गर्दै आएको छ ।
सामाजिक सुरक्षाभत्ता वितरण गर्दा भत्ता लिन आउनेहरुको स्वास्थ्य अवस्था कस्तो छ भनेर बुझ्नको लागि आफुहरुले निशुल्क स्वास्थ्य शिविर सुरु गरेको उपाध्यक्ष तिवारीले जानकारी दिनुभयो l

 

साथै उपाध्यक्ष तिवारीले आफु जनप्रतिनिधि मात्र नभई स्वास्थ्य कर्मी भएर नागरिको सेवा गर्ने समेत बताउनु भयो । उहाँले जसरी हुन्छ जनताकै काममा आफ्नो सारा जीवन समर्पित गर्ने अठोट व्यक्त गर्नुभयो ।  तिवारी नेकपा एमाले बाट विहादी गाउपालिकाको उपाध्यक्ष पदमा निर्वाचित हुनुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज