नेपालले आज दिउँसो बाङ्लादेश सँग खेल्ने

काठमाण्डाै –                                                                  २० वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज बङ्लादेशसँग खेल्ने भएको छ । खेल दिउँसो ४:१५ बजे भारतको भुवनेश्वरमा रहेको कालीङ्गा मैदानमा जानकारी गराइएको छ  ।          नेपालले यसअघि खेलेका तीन खेलमा दुईमा जित र एकमा हार बेहोरेको थियाे । नेपाल अस्ति आइतवार भएको खेलमा साविक विजेता भारतसँग ८–० गोलले पराजित भएको थियो । नेपालको फाइनल पुग्न सक्ने झिनो सम्भावना बाँकी छ । नेपाल अङ्क तालिकाको तेस्रो स्थानमा छ ।                                      बङ्लादेश ३ खेलमा ९ अङ्ककासाथ शीर्ष स्थानमा छ । नेपाल र भारतको समान ३ खेलमा ६ अङ्क भए पनि हेड टु हेडमा भारत अघि छ ।                                             माल्दिभ्स र श्रीलङ्का प्रतियोगिताबाट बाहिरिएका छन् । नेपालले आजको खेलमा बङ्लादेशलाई हराउन सके र अर्को खेलमा भारत माल्दिभ्ससँग पराजित भए नेपाल फाइनल पुग्नेछ । फाइनल खेल यहि आउदो शुक्रबार हुने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज