सिन्धुपाल्चाेक –
सिन्धुपाल्चोकको मेलम्चीमा भिरमा अड्किएका नागरिकको प्रहरिले सकुशल उद्दार गरेको छ ।
मेलम्ची नगरपालिका ११ सिमखेतकाे भिरमा अड्किएका एक जनाको सशस्त्र प्रहरीले हिजाे शनिवार उद्धार गरेकाे छ ।
सिन्धुपाल्चाेककै हेलम्बु गाँउपालिका १ तिम्बुका ३५ वर्षीय छिरिङ शेर्पा गोरेटो बाटो हिँड्ने क्रममा चिप्लिएर बाटोबाट तल मेलम्ची खोलामाथिको भिरमा अड्किनुभएकाे थियाे ।
त्यसबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल खानोपानी आयोजना सुरक्षा बेस मेलम्चीले उद्दारमा सहयोग गरेको थियो ।
कसरी अड्ककिएको बारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल खानोपानी आयोजना सुरक्षा बेस मेलम्ची र इलाकाप्रहरी कार्यालय मेलम्चीको सयुक्त टोलिले उद्दार गरेको थियो ।