अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जापान पुगेर यसो भने

जापान –

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जापान पुगेर नेपाललाई तीनवटा पक्षको विकासमार्फत समृद्ध बनाउन सकिने बताएका छन् ।

‘समृद्ध नेपालको आधार : आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार’ विषयक अन्तरक्रिया कार्यक्रमलाई आज जापानको राजनधानी टोक्योमा सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् ।

‘नेपालमा जलविद्युत्, कृषि र पर्यटनमार्फत समृद्धि ल्याउन सकिन्छ। जापानले जस्तै कृषिमा लगानी गरे नेपाल समृद्ध हुन्छ’, उनले भने, ‘नेपालमा कृषिलाई प्राथमिकता दिन बजेट पनि त्यहीअनुसार ल्याएका छौँ। कृषिलाई अघि बढाए नेपाल आत्मनिर्भर हुन सक्छ ।’

उनले देशभित्र राजनीतिक स्थिरता र स्थायित्व बनाउन लागिरहेको पनि बताए। ‘विस्तारै हामी त्यो दिशातिर प्रगति गर्दैछौँ’, दाहालले भने, ‘कृषिलाई हामी समृद्धिको प्रमुख आधार बनाउन त्यहीअनुसार लगानी गर्दैछौँ, जापानकै शैलीमा देशलाई कृषि, विद्युतीकरण र पर्यटनबाट विकास गर्न तयार छौँ।’

दाहालले विधि र पद्धतिमा कसरी चल्ने यो सबै कुरा जापानबाट सिकेर नेपालमा लागु गरिने पनि बताए।

उनले आगामी निर्वाचनको घोषणापत्र देशलाई समृद्ध बनाउने गरी ल्याउने पनि बताए।

‘निर्वाचन घोषणापत्र देशलाई समृद्ध बनाउने गरी तयार गर्छौँ’, उनले भने, ‘तपाईंहरुका कुरा सुनेपछि हामी तिनलाई पनि समेटेर बनाउछौँ।’ #नेपालखबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज