ब्राइटनले युनाइटेडलाई २–१ ले हरायो

काठमाडौ –

(ईपीएल) इङ्ग्लिस प्रिमियर लिगमा ब्राइटनले म्यानचेस्टर युनाइटेडलाई एक गोलको अन्तरले हराएकाे छ ।

वल्ड ट्राफाेडमा भएकाे खेलमा ब्राइटनले युनाइटेडलाई २–१ ले हराएकाे हाे ।

ब्राइटनका लागि पास्कल ग्राेले दुई गाेल गरे । ग्रोले खेलकाे ३० र ३९ मिनेटमा गाेल गरे । युनाइटेडले एक गाेल आत्मघाती उपहार पायाे ।

ईपीएल २०२२/२३ सिजनकाे पहिलाे खेलमा नै युनाइटेड पराजित हुन पुगेको छ । याे जितसँगै ब्राइटन अङ्क तालिकाकाे पाँचाैँ स्थानमा पुगेकाे छ । त्यस्तै युनाइटेड १४ औँ स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज